ढोरपाटन जिप दुर्घटना : उपचारका लागि पोखरा लैजाँदै गर्दा थप एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो

बुर्तिबाङ । ढोरपाटन नगरपालिका ५ अस्तुमा भएको पिकअप जिप दुर्घटना थप एक जनाको मृत्यु भएको छ । उपचारका लागि पोखरा लैजाँदै गर्दा ढोरपाटन नगरपालिका २ की २१ वर्षीया टिकाकुमारी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिए ।

उनका अनुसार उनीसँगै मृतकको संख्या तीन पुगेको छ । शुक्रबार भएको दुर्घटनामा ढोरपाटन नगरपालिका २ की ७२ वर्षीया खिमकुमारी बुढा र निसीखोला गाउँपालिका १ देविस्थानका ७३ वर्षीय नरबहादुर कार्कीको घटनास्थलमै मृत्युु भएको थियो । घाइते १३ जना मध्ये ढोरपाटन नगरपालिका २ की २९ वर्षीया निरमाया खत्रीको डिस्चार्ज भएको छ । अन्य घाइतेहरुको उपचारका लागि पोखरा र पाल्पा रेफर गरिएको छ ।

शुक्रबार बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोट जाँदै गरेको लुम्बिनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटना भएको थियो ।

506728542 10006556286092511 9050437081305930894 n https://newskhari.com/storage/2025/06/burtibang.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित