आइसिसी विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ।

स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो।

स्कटल्याण्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो। करण केसी नायक बनेको उक्त खेलमा नेपालले एक विकेटको जित निकालेको थियो।

नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ।

स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ। युएईको ६ अंक छ।

२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ। २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ।

चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ। समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ। नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ।

लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित