काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एअर इण्डियाको बोइङ ड्रीमलाइनर विमान एआई-१७१ उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भयो। उक्त विमान एउटा मेडिकल कलेजको होस्टल भवनमा ठोक्किएर त्यसको मेसमा खसेपछि विस्फोटसहित आगोको मुस्लोमा परिणत भएको थियो ।
दुर्घटनामा १२ सदस्यीय चालक दलसहित २४२ यात्रु मध्ये २४१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दावी गरेको छ। आज बिहान ६ बजेसम्म घटना वरिपरी भेटिएको शबसहित मृत्यु हुनेको संख्या २६१ पुगेको भारतीय सरकारले जनाएको छ । कतिपय विदेशी सञ्चार माध्यमले भने कम्तिमा २९० जनाको मृत्यु भएको औल्याएको छ ।