नबिल बैंकको सीईओमा ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

ज्ञवाली यसअघि कायममुकायम सीईओको भूमिकामा थिए । ज्ञवाली बैंकिङ क्षेत्रमा स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रहेर बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् ।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा काम गरेको २६ वर्ष लामो अनुभव छ ।

यस्तै, समितिको बैठकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । प्रमुख कानुन विभागका भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी पनि बैठकले दिएको छ ।

नबिल बैंक नेपालको निजीक्षेत्रको अग्रणी बैंक हो । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित