आईपीएल जितकाे खुसी मनाउने क्रममा भागदौड मच्चिँदा १० जनाको मृत्यु

काठमाडौं । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो । सोही जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको बताइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘आरसीबीको जितमा खुसीयाली साट्न तथा साक्षी बन्न समर्थकहरू जम्मा भएका थिए । तर, अत्यन्त दुःखद र त्रासदीपूर्ण घटना हुन पुग्यो,’ उनले लेखेका छन्, ‘आरसीबीको जितप्रति गर्व छ । तर, कुनै पनि जित कसैको जिन्दगीभन्दा ठूलो हुन सक्दैन । म अपिल गर्न चाहन्छु कि सुरक्षामा विशेष ध्यान दिइयोस् ।’

उनले अस्पतालमा रहेका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित