अर्थमन्त्री पौडेलद्वारा आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसद्मा प्रस्तुत गरेका छन्। सर्वेक्षणमार्फत उनले देशको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेका छन्।

उनका अनुसार मधेश, कोशी र सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहनेछ। यस आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको कुल आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको छ। मुद्रास्फीतिको दर ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ।

सार्वजनिक ऋणको अवस्था पनि सर्वेक्षणमा उल्लेख गरिएको छ। फागुन २०८१ सम्म सार्वजनिक ऋणको कुल रकम २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए। उनका अनुसार वित्तीय पहुँच विस्तार भइरहेको छ र अहिले सबै स्थानीय तहमा कम्तीमा एक बैंक शाखा पुगेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित