जेठ १५ गतेको प्रदर्शनका लागि एमालेले प्रशासनसँग लियो अनुमति, राजावादीहरूले के गर्लान ?

काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) र राजसंस्थाका पक्षधर शक्तिहरू आ–आफ्नो एजेन्डासहित काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

एमालेले गणतन्त्रको समर्थनमा टुँडिखेल आसपास (भृकुटीमण्डप, रत्नपार्क, सुन्धारा) क्षेत्रको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ। पार्टीका नेता–कार्यकर्ता १० वटै निर्वाचन क्षेत्रबाट जुलुससहित भृकुटीमण्डपमा भेला हुने एमालेको तयारी छ।

त्यस्तै नवराज सुवेदी नेतृत्वको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र पुनःघोषणा र संघीयता खारेजजस्ता मागसहित रत्नपार्कस्थित शान्तिवाटिकाबाट अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

आन्दोलनमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायतका समर्थन छन् । उनीहरूले प्रशासनसँग अनुमति नलिएको र आन्दोलन ‘जनविद्रोह’ भएकाले अनुमति माग्ने चलन नभएको तर्क गरेका छन् ।

प्रशासनले भने राजावादीलाई रिङरोडभित्र प्रदर्शन गर्न नदिने नीति लिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी राजावादी समूहले स्थान अनुमति नलिए पनि प्रशासनलाई जानकारी गराउने तयारी भइरहेको बताउँछन् । सुरक्षा चुनौतीलाई ध्यानमा राखी विभिन्न वैकल्पिक उपायबारे प्रशासनले छलफल गरिरहेको छ ।

प्रदर्शनहरू शान्तिपूर्ण हुने दाबी गरिए पनि सुरक्षा संयन्त्रलाई सतर्क बनाइएको छ । प्रहरीका अनुसार उपत्यकाका सबै युनिटलाई तयारी अवस्थामा राखिएको छ ।

यसअघि सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा संगठनका प्रमुखसँग जेठ १५ गतेका कार्यक्रमबारे जानकारी लिएका छन् । उनले राजावादीले कस्तो प्रकृतिको प्रदर्शन गर्न लागेका हुन् ? सुरक्षा अवस्थाको तयारी कस्तो छ भन्नेबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित