घरको छतबाट खसेर असइको मृत्यु

काठमाडौं । निर्माणाधीन घरको छतबाट लडेर सुनसरीमा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान इटहरी उपमहानगरपालिका–२० तरहरामा निर्माणाधीन घरको छतबाट लडेर प्रहरी सहायक निरीक्षक (असई) ४५ वर्षीय प्रेम कटुवालको मृत्यु भएको हो।

घरमा पानी हाल्ने क्रममा चिप्लिएर आफ्नै निर्माणाधीन घरको छतबाट लडेर मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए।

छतबाट झरेपछि गम्भीर अवस्थामा रहेका कटुवालको विराटनगरको न्युरो आर्या अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। कटवाल २ तले घरको माथिबाट तल नालीमा खसेका थिए।

धनकुटामा कार्यरत कटुवाल केही दिनअघि मात्रै छुट्टीमा आएर घर निर्माणको काम गरेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित