काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरूको बैठकमा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भइरहेको छ ।
बैठकमा प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली र देउवाबीच समसामयिक राजनीति, नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ ।




































