काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन्।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । अध्यक्ष शर्माका अनुसार बैशाख ११ गते गर्ने भनिएको परीक्षा सार्ने निर्णय भएको छ । ‘तोकिएको मितिको परीक्षा सार्ने निर्णय गरेका छौं,’ उनले न्यूज खरीसँग भने, ‘केही बेरमा हामीले छलफल गरेर विज्ञप्ति फाल्छौं ।’




































