काठमाडौं । समाजसेवी स्याडो रियल (मेघ सुवेदी)ले जनचेतनामुलक गीत ‘भुलको बाटो सार्वजनिक’ गरेका छन् । बुधबार सिजल एण्ड सिस्टर न्यूज इन्टरटेन्मेन्ट युटुव च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतमा पछिल्लोसमय लागूपदार्थ दुर्व्यसनीबाट युवाहरू बिग्रदै गइरहेको विषयलाई देखाउन खोजिएको छ ।
किरण नेपाली र शेर्या राईकाे आवाज रहेकाे गीतमा शब्द भने स्याडो रियल (मेघ सुवेदी)को रहेको छ । अमेरिकामा बसेर नेपालमा समाजसेवा गर्दै आएका सुवेदीले गीत संगीतमार्फत समाजलाई सकरात्मक सन्देश दिन खोजेका छन् ।
कुवेर तमाङको निर्देशन रहेको गीतमा मेघ सुवेदी (स्याडो रियल) संजित भण्डरी, रिचा थापा, रश्मि भट्ट, दिपा शाही, आयुशा क्षेत्रीलगायतको अभिनय रहेको छ । टेकेन्द्र शाहको सम्पादनमा रहेको उक्त गीत राम शरण उप्रेतीले छायांकन गरेका हुन् ।
भिडियाे हेर्नुहाेस्




































