नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । गोलकिपर इमिलियानो मार्टिनेजले दुई पेनाल्टी बचाएपछि दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार राति निर्धारित समय र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जहाँ गोलरक्षक मार्टिनेज चम्किँदा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोएसियासँगको भेट पक्का गरेको हो । राति नै भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा प्रवेश गरेको थियो ।

नेदरल्यान्ड्सको तर्फबाट टिउन कुपमाइनर्स, वाउट वेगहस्र्ट र लुक डी योङले पेनाल्टीमा गोल गरेका थिए । अर्जेन्टिनाको तर्फबाट कप्तान लियोनेल मेसीसहित लियान्द्रो परेडेस र गोन्जालो मोन्टियल र लाउटारो मार्टिनेजको प्रहार गोलमा परिणत भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित