शिक्षकहरूका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुने

काठमाडाैं । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ बैशाख बाट लागु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार प्रतिनिधि सभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा आवश्यक व्यवस्था गर्न सहमति दिएका हुन् ।

जसअनुसार ‘विधेयकको दफा १२ मा रहेको निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको ‘(क१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तिभरण कोष ऐन, २०७५ मिति २०७५ ।१२।४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’, भनिएको छ ।

अब निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ (क१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था वैशाख १ गतेदेखि प्रारम्भ हुने मन्त्रालयले स्पष्ट गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित