राप्रपा निकट युवा संगठनले जलायो प्रचण्डको तस्बिर

काठमाडौं । हेटौँडामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाइएको छ।

शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन्।

सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताए।

उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथिको रुपमा थिए। उनले पनि तस्बिर जलाउनबाट नरोकेर मौन समर्थन गरेको पाइएको छ।

यता, जिल्लामा पूर्वप्रधानमन्त्रीको तस्बिर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर बनेको छ। यस घटनाको विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित