रुसी आक्रमणबाट २५ जना युक्रेनी नागरिकको मृत्यु

एजेन्सी । युक्रेनी अधिकारीहरूले पछिल्लो रूसी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको जनाएको छ ।

डोनेट्स्कमा भएको आक्रमणमा ४० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यस आक्रमणमा खार्किभ र ओडेसालगायत अन्य क्षेत्रका आवासीय परिसर र पूर्वाधारलाई पनि निशाना बनाइएको थियो ।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता र गोप्य जानकारी प्रदान गर्न प्रतिबन्ध लगाएको छ । त्यसपछि रूसले पछिल्ला दिनमा युक्रेनमा आक्रमणलाई तीब्र बनाएको छ ।

युक्रेनमा रूसको पछिल्लो हमलापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल पोस्ट लेखेका छन् ।

उनले लेखेका छन्, ‘जब तिमीले जंगलीलाई खुसी बनायौँ तब यस्तो हुन्छ । धेरै बम, धेरै क्रोध, धेरै पीडितहरू ।

यसअघि गत हप्ता अमेरिकी राष्ट्रपति कार्यालयमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो ।

रूस र युक्रेनबीच युद्धविराम गराउने प्रयासमा भएको बैठक चर्को बहसमा परिणत भएको थियो ।

युक्रेनमा यो हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइपछि भएको हो, जसमा उनले रूसमाथि ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने बारेमा चेतावनी दिएका थिए ।

युक्रेनले पनि यसअघि बिहीबार राति रूसी आक्रमणमा पाँचजनाको ज्यान गएको बताएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित