अवकाश अघि नै किन दिए एआईजी रविन्द्र केसीले राजीनामा ?

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले अवकाशको ४० दिन अगाडि नै राजीनामा दिएका छन्। अवकाशमा जान ४० दिन बाँकी छँदै उनले शुक्रबार नै राजीनामा दिएका हुन् ।

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवरकै ब्याजी हुन् । उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवासँगै उनी प्रदेश समन्वय विभागमा पदस्थापन भएका थिए । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्ने स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार केसीले राजीनामा दिनुको कारण भने अर्का व्यक्तिलाई एआईजी बनाउनु भएको पाइएको छ । एआईजी बढुवा हुने बेलामै राजीनामा दिने सर्तमा बढुवा गरिएको प्रहरी निकट स्रोतले जानकारी दियो ।

उनले पूरा अवधि एआईजीमा बिताउँदा अर्का डीआईजी जनक भट्टराई एआईजीमा बढुवा हुने सम्भावना नरहेकाले केसीलाई राजीनामा गर्न लगाइएको बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित