टर्कीको रिसोर्ट आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक प्रसिद्ध स्कि रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो। आगलागीमा मृत्यु भएकाको सबैको पहिचान अझै भएको छैन।

टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएको बताएका छन्। यीमध्ये एक जना आईसीयूमा छन्।

यसबाहेक १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले जनाएको छ। टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन्।

बोलुस्थित १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३स्२७ बजे आगलागी सुरु भएको थियो। जतिबेला होटलमा २३४ जना बसिरहेका थिए। बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा पर्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित