काठमाडौँ । मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको सालिकमा माल्यार्पण गरेका छन् । २४ औँ स्मृति दिवसको अवसरमा बुधबार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।
त्यहाँ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन्। देशको अन्य ठाउँमा पनि अधिकारीको स्मृति दिवस मनाइँदै छ ।
नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।


































