तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं । मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १२६ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी बेलुकासम्म मृत्यु हुनेको संख्या १२६ जना पुगेको चिनियाँ अखबार ग्लोबल टाइम्सले जनाएको छ। भूकम्पमा परी १८८ जना घाइते भएका छन्।

भूकम्पको इपिसेन्टर रहेको डिंग्री कान्टीको २० किलोमिटर दायराभित्र २७ गाउँ र त्यहाँ ६ हजार ९ सय मानिसहरूको बसोबास रहेको ग्लोबल टाइसम्को समाचारमा उल्लेख छ। डिग्री काउन्टीको जनसंख्या ६१ हजार छ।

भूकम्प गएपछि त्यहाँ उद्धारका लागि ३ हजार ४०० सुरक्षाकर्मी र ३४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।

भूकम्पबाट धेरै घरहरू भत्किएको र उद्धारका काम चलिरहेको चिनियाँ सञ्चारमाध्यहरूले जनाएका छन्।

बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।

काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्‍युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्। अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित