यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार केही मन्त्रीको विदेश भ्रमण स्वीकृत भएको छ भने केही मनोनयन र बढुवालगायतका निर्णय पनि भएका छन् ।

प्रवक्ता गुरुङका अनुसार बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा खरिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यसैगरी कृषि मन्त्रीको मेक्सिको र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण स्वीकृत भएको छ ।

यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृत दिने, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गर्ने सचिवमा रघुराम विष्टलाई बढुवा गर्नेलगायतका निर्णय भएको गुरुङले जानकारी दिए ।


Screenshot 2024 10 25 162739 https://newskhari.com/storage/2024/07/cabinet-oli_HDBoqDT4ed.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित