अनुपम खेरले पाएनन् आफैँ अभिनित फिल्म ‘उचाइ’ को टिकट !

एजेन्सी, मुम्बई । निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भएपनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन् । भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन् । उनले टिकट मागिरहँदा टिकटवालाले फिल्म हाउसफूल भएकाले टिकट दिन नमिल्ने भनेका छन् ।

भिडियोमा अनुपम सुट लगाएर थिएटर बाहिर उभिएका छन् । आफूले अभिनय गरेको फिल्मको टिकट आफूले नै नपाउनु आश्चर्यजनक रहेको भन्दै खुशी व्यक्त गरेका छन् । यो कुरा उनले निर्देशक सुरजलाई पनि बताएका छन् ।

‘मैले उचाइको टिकट पाइनँ । पहिलोपटक असफलतामा सफलता देखें । म खुशीले पागल झैं भएको छु । जे पनि हुनसक्छ । जय हो’, उनले ट्वीटरमा भिडियो शेयर गर्दै लेखेका छन् ।

नेपालमा ७० प्रतिशत छायांकन गरिएको फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, डेनी डेन्जोङ्पा र परिणिती चोपडाको पनि अभिनय छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित