स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य मातहतका निकायमा कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्य मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन् ।

यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा. प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो । तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ । अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको बताइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ भने केन्द्रमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव चिरञ्जीवी घिमिरेलाई आयुर्वेद विभागमा पठाइएको र आयुर्वेद विभागमा रहेका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित