आँखाको शल्यक्रियापछि गायिका मेनुकाले भनिन्,-‘मलाई राम्री देखिन भित्रैदेखि रहर थियो’

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया भएको छ। तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ अकुप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको टिमले मेनुकाको अकुप्लाष्टिक शल्यक्रिया गरेको हो।

अस्पताल स्रोतका अनुसार उनको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ। जुन दृष्टिसँग सम्बन्धित नभइ आँखाको संरचना मिलाउन मात्रै राखिन्छ। यसको मतलब, शल्यक्रिया पछि पनि मेनुकाको दृष्टि भने फर्किने सम्भावना निकै कम छ।

यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ। प्रोथेस्टिक राखेपछि मेनुकालाई अब चस्मा लगाउनुपर्ने छैन।

यता, शल्यक्रियापछि खुसी भएको बताएकी छन् ।

‘मलाई सामान्य मानिसजस्तै अनि राम्री देखिन भित्रैदेखि रहर थियो, मैले इन्डियामा रहँदा दुई सहरमा यो प्रविधिबारे बुझेकी थिएँ। नेपालमा उपचार छ कि छैन भनि बुझ्दा, तिलगंगामा हुने रहेछ, लन्डनबाट फर्किएपछि गर्ने कुरा भएको थियो,’ मेनुकाले भनिन्।

शल्यक्रियापछि आफू निकै खुसी रहेको र अब लगत्तै प्रस्तुतिका लागि अमेरिका जान लागेको उनले बताइन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित