केपी ओली दुई तिहाई जनमत सम्हाल्न असफल : मन्त्री पौडेल

बागलुङ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् । आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले दुई तिहाईको जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् ।

“तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्नुभयो,” उनले भने, जनमतबाट प्राप्त भएको दुई तिहाईको सरकार सञ्चालन गर्न उहाँ असफल हुनभयो ।”

उनले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन्न आग्रह गर्दै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

“अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उनले भने, “राजनीतिक स्थायीत्वको लागि चुनाव पछि गठबन्धनको सरकार बन्छ ।” मन्त्री पौडेलले बाचुन्जेल बागलृङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गरे ।
बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।

आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै ५ वर्षको अवधिमा पूरा नभएका बाचाहरु अब पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि १ अर्ब १५ करोडको भौतिक संरचना बन्ने बताए ।

उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । “यो प्रणाली ल्याउन सात दशक सघर्ष गर्नुपर्यो”, उनले भने, “यो प्रणालीमा भएका कमी कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।”
सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क बनाउने आश्वास दिए ।

बागलुङ–२ प्रदेश क का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले बागलुङ दुईको विकाशका लागि साझा गठबन्धनका उम्मेदवार एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

“स्थानीय तह, प्रदेश र केन्द्रमा गठबन्धनको सरकार हुन्छ,” उनले भने, “यहाँको विकाशका लागि हामी सहकार्य गरेर अघि बढ्छौं ।” आफ्नो नेतृत्वमा काम गरेकालाई नेकपा एमालेले संघीय सांसदको फुल लगाएर ल्याएको बताए ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित