प्रेमिकाले कोठामा अर्कै पुरुष लिएपछि हत्या, प्रहरीले खाटमुनि भेटायो महिलाको शव

काठमाडौं । काठमाडौंको स्वयम्भूमा सँगै डेरा बस्ने महिलाको हत्या गरेर भारत भागेका व्यक्ति तीन महिनापछि पक्राउ परेका छन्।

तनहुँको भिमाद नगरपालिकाकी ५१ वर्षीया सफिना मियाको तीन महिनाअघि नै हत्या भए पनि माघ ३ गते मात्रै शव फेला परेको थियो। लामो समयसम्म डेरामा बस्ने मान्छे देखा नपरेपछि घरबेटी सरिता गिरीले माघ ३ गते कोठा खोलेर हेरेकी थिइन्।

उक्त डेरामा बस्ने महिलाको शव खाटमुनि फेला परेको थियो। तर सोही फ्ल्याटमा बस्ने भारतीय नागरिक भने फरार थिए। ६ वर्षदेखि त्यही घरमा डेरा बस्दै आएकी महिला पछिल्लो एक वर्षदेखि ती भारतीय नागरिकसँग प्रेम सम्बन्धमा थिइन्।

आमा भारतीय नागरिकसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका छोराछोरीले भने डेरा छाडेका थिए। उनीहरु पोखरा गएका थिए।

भारतको दरभंगा जिल्ला बिहार प्रदेश लालबाग थाना घर भएका ४३ वर्षका इकरामुल हक अन्सारी घटनालगत्तै फरार भएका थिए। उनलाई काठमाडौं प्रहरी परिसरले हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार उनले महिलाको हत्या गरेको स्वीकार गरेका छन्। आफूसँग सम्बन्धमा रहेकी महिलाले अरु पनि पुरुषलाई कोठामा ल्याएको थाहा पाएपछि हत्या गरेको उनले बताएका छन्। घटनाको दिन रक्सी खाएर फर्किएका थिए। त्यसक्रममा उनीहरूको झगडा भएको थियो। तर राति झ्यालमा लगाउने आग्लोले हानेर उनले महिलाको हत्या गरेका थिए।

हत्या गरेर शव खाटमुनी फालिदिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटना लगतै उनी बल्खु पुगेर टाटासुमो चढेर वीरगञ्ज पुगे। रक्सौल नाकाबाट भारत भागेका थिए।

तर उनी दुई महिना भारत बसेर पुनः नेपाल फर्किए। नेपाल फर्किएपछि पनि उनी कालीमाटीमा गार्मेन्ट उद्योगमा काम गर्दै आएका थिए। तर पहिलेको डेरामा फर्किएनन्।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित