धर्मगुरु श्रीनिवासलाई शान्तिविरुद्धको कसुरमा मुद्दा, पक्राउ परेका अन्यको के हुँदैछ ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा सोमबार गौशाला क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका धर्मगुरु बताउने आचार्य श्रीनिवासलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाएको छ।

त्रिशूल बोकेर प्रदर्शनमा उत्रेका श्रीनिवासले भेलालाई सम्बोधन पनि गरेका थिए। सोमबार प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गर्नुका साथै ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरी प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ जनालाई पक्राउ गरेको थियो। थापालाई अभद्र व्यवहारको मुद्दा चलाइएको काठमाडौं परिसर प्रमुख, एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

पक्राउ परेका १५ जनामध्ये श्रीनिवास र थापा सहित आठ जनालाई मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन दिन म्याद थपेर हिरासतमा राख्न अनुमति दिएको छ। सार्वजनिक शान्ति विरुद्ध र अभद्र व्यवहारको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने प्रावधान छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ अन्तर्गत दफा ६० को उपदफा ३ मा सार्वजनिक शान्ति विरुद्धको कसूरमा ६ महीनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। उक्त कसूरमा हतियार सहित उत्रेर शान्ति सुव्यवस्थामा खलल पुर्‍याएमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै दण्ड हुने उल्लेख छ। प्रसाईं पक्षधर समूहले मंसीर ७ गतेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित