१२ दिनको अवधिमा काठमाडौंमा ६ सय जनामा डेंगु सङ्क्रमण

काठमाडौं । पछिल्लो १२ दिनको अवधिमा काठमाडौंमा ६०० जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

काठमाडौंमा १२ दिनअघि १२१ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई साता नपुग्दै ६ सय जना थपिएर सङ्क्रमित ७२१ पुगेका हुन् । विगतका भन्दा सङ्क्रमण दर क्रमशः कम हुँदै गए पनि उपत्यकामा उच्च जोखिम भने कायमै रहेको सरुवा रोग विशेषज्ञ डा .शेरबहादुर पुनको भनाई छ । काठमाडौंमा यसअघि सङ्क्रमण दर धरानमाझैँ उच्च नभए पनि अब कात्तिक मसान्तसम्म जोखिम उच्च रहेको तथा पुससम्मै फाट्टफुट्ट डेंगु सार्ने लामखुट्टे देखिइरहने उनले बताए ।

पछिल्लो समय काठमाडौंका अन्य ठाउँको तुलनामा कालिमाटी, कलङ्की एरियाबाट डेंगुका बिरामी टेकु अस्पतालमा उपचारका लागि बढी आइरहेको उनले जनाए । ‘डेंगु फैलियो भने कुनै एउटा ठाउँ अर्थात् पकेट एरियामा तीव्र गतिमा फैलिन सक्छ । विगतमा पनि काठमाडौैंमा सीमित स्थानमा डेंगु आउटब्रेक भएको थियो । अबका दिनमा सोही खालको रिक्स कायम छ ।’ उनले भने ।

गएको आठ महिनायता ३४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडालाई केलाउँदा प्रत्येक दिन २०० नयाँ सङ्क्रमित थपिरहँदा २० जनाको ज्यान गएको ईडीसीडीले जनाएको छ ।

डेंगु केश हाल ७६ जिल्लामा पुष्टि भइसकेको छ । नेपालमा डेंगुले थप तीन महिनासम्म सम्म सताउने भएकाले सजग रहन विज्ञहरूले सुझाएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित