मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

काठमाडौं । आठ वर्षअघि (२०१४) को मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितामा सहभागी युवतीलाई होटेलमा बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आज सोमवार जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आज सोमबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार पाण्डेविरुद्ध दिएको जाहेरी दर्ता गरेका थिइन् । यसअघि पीडित युवतीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर घटनाबारे बयान दिएकी थिइन् ।

अदालतबाट युवतीको बयान प्रमाणित भएसँगै आरोपी पाण्डेलाई सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौं अदालत लगिएको थियो । आरोपी पाण्डे जेठ ७ मा स्वयम्भूबाट पक्राउ परेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित