राष्ट्रपति पौडेल गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका छन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार भर्ना भएका ७८ वर्षीय पौडेल बुधबार बिहान डिस्चार्ज भएका हुन्।

केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेलको नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनपश्चात आज बिहान ८ बजे डिस्चार्ज भएको जानकारी दिएका छन्। उनका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

राष्ट्रपति पौडेलमा दम तथा श्वास–प्रश्वासजन्य समस्या छ। श्वास–प्रश्वासमा असहज भएपछि नियमित स्वास्थ्य परीक्षण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति यसअघि स्वास्थ्यमा समस्या आए पछि वैशाख ६ गते भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भएका थिए। उपचारपश्चात वैशाख १७ गते स्वदेश फर्केका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित