एकैदिन थपिए १३६ कोरोना संक्रमित, परीक्षणको १८ प्रतिशतमा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसका एकैदिन १३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ पीसीआर परीक्षणबाट ३४ संक्रमित पाइएका हुन् । यो कूल परीक्षणको १७.२६ प्रतिशत हो ।

त्यस्तै १ हजार २२७ एन्टिजेन परीक्षणबाट १०२ संक्रमित पाइएका हुन् । शुक्रबार ६८ जना संक्रमणमुक्त भएका छन् ।

खोप लगाउने संख्या भने बढेको छ । एकैदिन ६४ हजार ८५७ जनाले खोप लगाएका छन् । पीसीआरबाट सक्रिय संक्रमित हुनेको संख्या ४०१ रहेको छ ।

एन्टिजेनबाट संक्रमितको गणना भने मन्त्रालयले राख्ने गरेको छैन ।

उपत्यकामा पनि संक्रमित बढ्ने क्रम चलिरहेको छ । होम आइसोलेसनसँगै अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ ।

संस्थागत आइसोलेसनमा ३२, आईसीयूमा ११ तथा भेन्टिलेटरमा ३ जना रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित