काठमाण्डौ । प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगको खेलमा नेपालले २–० गोलको अग्रता लिएको छ । अहिले दोस्रो हाफको खेल चलिरहेको छ ।
नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० ले अग्रता दिलाएका थिए । यस्तै नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाए ।
आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।


































