प्रेस सेन्टर बागलुङद्वारा निःशुल्क आँखा शिविर

बागलुङ । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङ शाखाले विद्यामन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क आँखा जाँच कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

सफल आँखा क्लिनिक तथा चश्मा पसल बागलुङको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिविर कार्यक्रममा बाल विकास देखि कक्षा १२ सम्मका विद्यार्थीहरु, शिक्षक र कर्मचारी गरी १ सय ३६ जनाको आँखा जाँच गरिएको प्रेस सेन्टर बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

जाँच गरिएका मध्ये ११ जना विद्यार्थीहरुमा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या रहेको सफल आँखा क्लिनिक तथा चश्मा पसलका नेत्र सहायक एवं प्रवन्धक गणेश महतोले जानकारी दिए ।

कार्यक्रम उद्घाटनपछि बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितीका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताए ।

गैरेले मुलुकका हरेक परिवर्तनहरुमा सञ्चार क्षेत्रको विशेष भूमिका हुने भन्दै नेपालको राजनीतिक परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिकाको प्रशंसा गरे । त्यस्तै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले देश र समाजको विकासको लागि सञ्चारकर्मी र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, नागरिक संचार प्रालिका अध्यक्ष माधव शर्मा, विद्यामन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक छवि रमण रेग्मी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवहाक अध्यक्ष नविन शिशिर विक, प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्रीप्रसाद शर्माले शुभकामना व्यक्त गरेका थिए ।

२०६१ साल माघ १५ गते पत्रकार महेश्वर दाहालको नेतृत्वमा स्थापना भएको प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित