गृहमन्त्रीको प्रतिप्रश्न : तपाईंहरु सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भन्दै गरेको प्रश्नमा सांसदलाई नै प्रतिप्रश्न गरेका छन्। राष्ट्रियसभाको बैठकमा प्रश्नोत्तरमा सहभागी हुन बिहीबारको बैठकमा गएका गुरुङले प्रश्न सोध्ने विष्णुबहादुर विश्वकर्मालाई रोष्ट्रमबाट प्रतिप्रश्न गरेका हुन् ।

‘कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै बलात्कार पछि हत्या भएको दश वर्ष नाघेको छ । दोषी पत्ता लगाइ न्याय दिन नसक्नुको कारण के हो । के हाम्रो राज्य संयन्त्र असफल भएको हो ?,’ विष्णुबहादुरको प्रश्न थियो ।

जवाफमा गृहमन्त्री गुरुङले उक्त घाटना एकदमै सेन्सिटिभ भएको भन्दै बारम्बार यो विषय कोट्याएर निर्मला पन्तकी आमाको घाउमा नुन चुक नछर्किन आग्रह गरे । उनले विगतका सरकारले नगरेका काम अहिलेको सरकारलाई नबोकाउन पनि आग्रह गरे र रोष्ट्रमबाटै प्रतिप्रश्न गरे ।

पुरक पश्न सोध्नका लागि दिएको समयमा विश्वकर्माले सांसदको नैसर्गिक अधिकारमा मन्त्रीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले सांसदको प्रश्न सोध्न पाउने नैसर्गिक अधिकार भएको र जवाफ दिने मन्त्रीको कर्तव्य भएको सम्झाए । विश्वकर्माले पुनः त्यही प्रश्न दोहोर्‍याए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित