८ लाख २१ हजार घुससहित क्वाटरबाटै समातिए सिँचाइ डिभिजन प्रमुख र अधिकृत

काठमाडौं । बोरिङ र मोटर जडानबापतको रकम भुक्तानी दिने समयमा सेवाग्राहीलाई हैरानी दिई घुस मागेको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका प्रमुख र एक मेकानिकल अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरीलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेवाग्राहीसँग घुस मागेको भन्ने गोप्य सूचना र उजुरीका आधारमा खटिएको टोलीले शुक्रबार सर्लाहीको बागमती नगरपालिका वडा नं. १२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारेको थियो । सोही क्रममा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित उनीहरू पक्राउ परेका हुन्।

खानतलासी गर्दा कार्यालय प्रमुखको क्वाटरबाट उक्त घुस रकमका अतिरिक्त स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र ३ थान मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ।

जल उपभोक्ता समितिमार्फत बोरिङ तथा मोटर जडानको काम सकेर भुक्तानी लिन जाँदा डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले मिलेमतो गरी घुस मागेको अनुसन्धानबाट खुलेको छ। रकमसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित