गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दिएका छन् । अनुसन्धानका लागि गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । पीडित परिवारले दिएको दिएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो ।

जाहेरी दर्ता गरेसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ । गणेशको शव शिक्षण अस्पतालमा राखिएको छ । असार २५ मा त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ घर भएका गणेशका असार २६ मा वीर अस्पतालमा मृत्यु भएको थियो । महानगर प्रहरीसँग मोटरसाइकलमा ह्विल लक गरेको विषयमा विवाद हुँदा उनले आत्मदाह गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित