काठमाडौं । साइबर ब्युरोले इमेलमार्फत पीडित महिलालाई बारम्बार अश्लील तथा अपमानजनक म्यासेज गरी दुःख, हैरानी र मानसिक तनाव दिने व्यक्तिलाई पक्राउ गरेको छ ।
पीडित महिलाले दिएको निवेदनका आधारमा ब्युरोबाट खटिएको टोलीले नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ०५ स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका खनालमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी उपरीक्षक दीलीप कुमार गिरीले जानकारी दिए ।

































