शरीरमा पेट्रोल छर्केका बुद्धनगरका व्यवसायीको अवस्था चिन्ताजनक

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको अवस्था चिन्ताजनक रहेको छ।

शनिबार बिहान काठमाडौँ महानगरपालिका १० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोले जलेर घाइते भएका राउतलाई प्रहरीले वीर अस्पताल पुर्‍याएको थियो।

उनको वीर अस्पतालमा उपचार चलिरहेको छ। उपचारमा संलग्न डा. पीयुष दाहालका अनुसार, व्यवसायी राउतको शरीरमा ६० प्रतिशत जलन भएको छ। जलनका बिरामीका उपचार गरिने वीर अस्पतालको बर्न आईसीयूमा राखेर उपचार भइरहेको डा. दाहालले बताए। ‘गम्भीर घाइते हुनुहुन्छ। ६० प्रतिशत जलन भएको छ,’ डा. दाहालले भने।

पारिवारिक विवादका कारण व्यवसायी राउतले आफ्नै शरीरमा आगो लगाएको देखिएको प्रहरीको भनाइ छ। ‘श्रीमती र छोरासहित बस्नु हुँदोरहेछ। तर घटनाका बेला उहाँहरू घरमा हुन हुन्न रहेछ,’ जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवनकुमार भट्टराईले भने, ‘हिजो उनको छोरासँग डिस्कस भएको बुझिएको छ।’

पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै, शुक्रबार सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। सर्लाहीको गौडेता नगरपालिका १० का ३५ वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उनको अवस्था पनि गम्भीर रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित