राष्ट्र बैंकले फेरि जारी गर्‍यो २० अर्बको एकवर्षे ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब, २२ गते २० अर्ब, असार १९ गते २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो ।

बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप संकलनबाट मौद्रिक व्यवस्थापनको साटो लामो अवधि अर्थात् एक वर्षको राष्ट्र बैंक ऋणपत्र धमाधम निष्काशन गरिरहेको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत गर्नुपर्ने छ । ऋणपत्रको निष्कासन पनि गरिने जनाएको छ । यसको सावाँ भुक्तानी २०८४ असार २४ गते तोकिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित