सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती निवासी अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८ अशोकचोक निवासी ३२ वर्षीय इम्रान खानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गएराति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका महोमद र खानलाई रोकी चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा नुर महोमदको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित