काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कारबाही नगर्न आदेश दिएको हो । सुमार्गीले वर्षौंदेखि आफूविरुद्ध दोहोरिँदै आएको अनुसन्धान रोक्न माग गर्दै रिट दायर गरेका थिए । दुई साताअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको पासपोर्ट रोक्का गरेपछि उनी सर्वोच्च पुगेका थिए ।


































