महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिृकत पक्राउ, के हुन्छ कारबाही ?

काठमाडौं । सार्वजनिक स्थलमा महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ परेका छन् ।

ललितपुर महालक्ष्मी नगरपािलका -२ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गर्ने बैतडी पाटन नगरपालिका ७ घर भई हाल ललितपुर महालक्ष्मी– २ बस्ने ५५ वर्षका सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाले उक्त व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा भट्ट सिंहदरबारमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको बुझिएको छ । पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मुलुकी अपराध संहिताको १२२ अनुसार कसुर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित