वरिष्ठ नेता बनाउने विश्वप्रकाशको प्रस्ताव पूर्णबहादुरद्वारा अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई वरिष्ठ नेता बनाउने संस्थापनको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा ब्रिफिङ गर्दै खड्काले उपसभापति विश्वप्रकाश शर्माले संस्थापनका तर्फबाट वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको बताएका हुन् ।

‘विश्वप्रकाश शर्माले मलाई र डा।शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति बनेको छ भन्नुभयो,’ खड्काले बैठकमा भने, ‘उक्त प्रस्ताव मैले अस्वीकार गरे ।’

उपसभापति शर्मा र संस्थापनका अन्य नेताहरूले आफूलाई गरेका प्रस्तावबारे ब्रिफिङ गर्दै खड्काले त्यस्तो बताएका हुन् । पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा आफूले आफू र डा.शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरेको ब्रिफिङ गरेका हुन् ।

शर्माले संस्थापनका तर्फबाट पठाएको ७ बुँदे प्रस्तावको लिखित जवाफ आफूले बुझाइसकेको खड्काले बताए । शर्माले जसरी आफूले पनि ह्वाट्सअपमा टाइप गरेर जवाफ सुनाएको खड्काले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

खड्काले त्यसपछि शर्माले महामन्त्री गगन थापालाई सबै कुरा सुनाउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई जानकारी गराउन आग्रह गरेका थिए। साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित