पोर्चुगलले जित्न नसक्दा कोलम्बिया बन्यो समूह विजेता

काठमाडौं । कोलम्बिया समूह के को विजेता बनेको छ । पोर्चुगल र कोलम्बियाबीचको खेल गोलरहित बराबरीमा टुंगिँदा उनीहरूले अंक साझा गरे ।

यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ र डीआर कंगोलाई १-० ले पराजित गर्दै ६ अंक जोडिसकेको थियो । पोर्चुगलसँगको खेलपछि उसले तालिकामा सात अंक जोड्दै शीर्षस्थानमा रहेको हो ।

उपविजेता पोर्चुगलले यसअघि डीआर कंगोसँग १-१ को बराबरी खेलेको थियो भने उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको थियो । तालिकामा पोर्चुगलको पाँच अंक छ ।

यता डीआर कंगो पनि विश्वकपको अर्को चरणमा पुगेको छ । ५२ वर्षपछि विश्वकपमा सहभागी डीआर कंगो नकआउट चरणमा प्रवेश गरेको हो । उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै उसले तीन अंक जित्यो । डीआर कंगोका लागि योआने विसाले दुई गोल गरे भने फिस्टोन मेयाले १ गोल गरे ।

यस्तै, पोर्चुगलसँगको खेल बराबरी गर्दा उसले एक अंक पाएको थियो । तालिकामा डीआर कंगोले चार अंक जोडेको छ ।

उज्वेकिस्तान भने समूह चरणका सबै खेलमा पराजित बनेसँगै विश्वकपबाट बाहिरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित