माओवादीबाट चुनाव जितेका गिरी रास्वपाको महाधिवेशनमा, नेकपाले सोध्यो स्पष्टीकरण

काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ । नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट पालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । सोही विषयलाई लिएर नेकपाको प्रदेश कमिटीले गिरीलाई स्पष्टीकरण सोधेको हो ।

प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’द्वारा सोधिएको स्पष्टीकरणमा गिरीले तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भए पनि संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको तथा पछिल्लो समय पार्टी अनुशासन उल्लघंन गर्दै रास्वपाको महाधिवेशन प्रतिनिधि बनेको उल्लेख छ । गिरी बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने गाउँसभामा पनि अनुपस्थित थिए ।

सो समयमा उनी रास्वपाको महाधिवेशनका लागि चितवनमा थिए । उनको अनुपस्थितिमा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष मिथुन गौतमले बजेट प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित