काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको छ । राहदानी छपाइ प्रकरणमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी गरिएको छ ।
उक्त प्रकरणमा १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक र दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिसहितलाई सजायको मागदाबी छ । अहिले मुद्दाको रुजु भइरहेको छ । सम्भवतः आजै मुद्दा दर्ता हुने जनाइएको छ ।


































