काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।
पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको हो । ‘मेयर राजेशमान सिंहलाई हामीले आज पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले भने, ‘आज बिहान ६ः१५ बजे ठोरीबाट हामीले उहाँलाई पक्राउ गरेका हौँ ।’
सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

































