काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलोपटक राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ। योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।
राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायीरअस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेकोलगायत १५ बुँदे योग्यता तोकिएको छ।
त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने गरी फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वीपक्षीयरबहुपक्षीय कूटनीतिका आयामहरूबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको, अंग्रेजी भाषाको राम्रो ज्ञान भएको, कालोसूचीमा नपरेकोलगायतका योग्यता निर्धारण गरिएको छ।
आवेदकहरूबाट प्राप्त आवेदनमध्येबाट मन्त्रालयले छोटोसूची सार्वजनिक गर्नेछ। मन्त्रालयले जारी गरेको टीओआरमा देश भने खुलाइएको छैन।

































