कांग्रेसले माग्यो सुधन गुरुङमाथि छानबिन नगर्नुको कारण

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न किन हिच्किचाएको भनेर प्रश्न गरेका छन्।

आङ्देम्बेले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई यस्तो प्रश्न गरेका हुन्। उनले अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट खेद्नेले आफ्नै गृहमन्त्रीमाथि लागेको आरोपबारे किन छानबिन नगरेको भन्दै प्रश्न उठाएका हुन्।

‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु,’ उनले प्रश्न गरे।

त्यसैगरी सम्पत्ति छानबिनको सन्दर्भमा २०४७ देखि २०५९ सालका सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न बनेको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न केले छेकेको भनेर पनि प्रश्न गरेका छन्।

‘सम्पत्ति छानबिन गर्न छानबिन गर्न आयोग बनाउनु भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। तर २०४७ देखि २०५९ सम्मको छानबिन गरेको लम्साल आयोगको प्रतिवदेनलाई कार्यान्वयनमा अगाडि बढाउन केले छेकेको छ र ? प्रतिवेदनहरू बनाउने तर पहिलेजस्तै दराजमा थन्क्याउने हो
भने अहिलेको डंका पिटाइएको कुनै अर्थ रहने छैन,’ उनले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित