एसइईको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सोमबारै सार्वजनिक गर्ने निर्णय गरेको छ।

नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिए। उनका अनुसार अहिले एक घन्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ।

सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो।

विगतमा करिब तीन महिना लाग्दै आएको एसइई नतिजा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो पटक एक महिनामा ल्याउन लागेको हो।

यसअघिका वर्षमा एसइईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो। चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो।

यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्। त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित