स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका २ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन् ।

सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए । उक्त दुर्घटनामा चालक र सहचालक सकुल रहेका बताउँदै उनले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको उल्लेख गरे।

बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा स्काभेटर(डोजर) ले सडकका लागि बाटो खन्ने क्रममा दुर्घटना भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित